Comments Add Comment

उपाधिका लागि आर्मी र पुलिस भिड्ने

१८ माघ, काठमाडौं । प्रथम दिवाकर भूषाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज सम्पन्न दोस्रो सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लबलाई ३–० का सोझो सेटमा पराजित गदै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

एपीएफलाई आर्मीले २७–२५,२६–२४ र २५–२३ को सेटमा पराजित गर्न सफल भयो । आजै भएको पहिलो सेमिफाइनलमा

चुलो भलिवल क्लव नारायणगढलाई ३–० को सोझो सेटमा पराजित गदै पुलिस फाइनलमा प्रवेश गरेको थियो । पुलिसले नारायणगढलाई २५–२०, २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गर्न सफल भयो ।

माघ १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ राष्ट्रिय भलिबल टिमको सहभागिता थियो । शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद दुई लाखसहित ट्रफी हात पार्ने छ । त्यस्तै, दोस्रो स्थान हासिल गर्नेले एक लाख र तृतीय स्थान हासिल गर्नेले ५० हजार प्राप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment