Comments Add Comment

‘मापसे’ गरेर बाइक चलाउने दुई प्रहरी निलम्बित

१८ माघ, काठमाडौं । अत्यधिक मादक पदार्थ सेवन गरेर तीब्र गतिमा मोटरसाइकल चलाएको आरोपमा दुई जना प्रहरी  निलम्बनमा परेका छन् ।

निलम्बित हुनेमा महानगरीय प्रहरी परिसर, काठमाडौंमा कार्यरत जवान मिलन ढुंगाना र महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा कार्यरत मनोज धमला छन् ।

ढुंगाना काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाको गाडी पछाडि बस्ने सुरक्षागार्ड हुन् । बिहीबार साँझ अनियन्त्रित रुपमा मोटरसाइकल चलाइरहेको भन्दै भक्तपुर प्रहरी परिसरमा खबर भएको थियो । लगत्तै, चेकजाँचका क्रममा मनहरा खोलानजिक उनीहरु समातिएका थिए ।

तर, त्यहाँ उनीहरुले डियूटीमा रहेका सईसँग पनि अपशब्द बोलेका थिए । त्यसपछि सोधपुछका क्रममा उनीहरु प्रहरी भएको खुलेको थियो ।

दुवै जनालाई अहिले भक्तपुर प्रहरी परिसरमा राखिएको छ । उनीहरुमाथि अनुसन्धान गरेर के कारबाही गर्ने भन्ने निर्क्यौल हुने काठमाडौं प्रहरी प्रमुख लामाले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment