Comments Add Comment

राप्रपा केन्द्रीय समिति बैठक बस्दै, फागुन ७ बाट सुरु गर्ने संघर्ष मुख्य एजेण्डा

२० माघ, काठमाडौं । राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे अर्पण व्यांक्वेटमा बोलाइएको छ ।

राप्रपा अध्यक्ष कमल थापाका अनुसार फागुन ७ बाट सुरु गर्ने संघर्षलगायतका मुख्य एजेण्डामा बैठक केन्द्रित हुनेछ । उनले ट्वीटरमा लेखेका छन्, ‘समसामयिक परिस्थितिको समिक्षा, पार्टीको भावी कार्ययोजनाको तयारी, राष्ट्रिय स्वाभिमान यात्रा र फागुन ७ बाट शुरु हुने जनसंघर्ष बैठकको मुख्य एजेण्डा हुन् ।’

हिन्दु राष्ट्र, राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको मागसहित संघर्षको अभियान शुरु गर्ने राप्रपाको तयारी छ । संघर्षको कार्यक्रमले सशक्त जनमत एवं दबाव सिर्जना गर्ने उसको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment