Comments Add Comment

भारत लैजाँदै गरेको तीन लाख ६० हजारको मदिरा बरामद

२० माघ, वीरगञ्ज । सप्तरीबाट प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरेको छ । सिराहाको बिष्णुपुर गाउँपालिका-४ स्थित कन्कट्टाबाट तीन लाख ६० हजार मुल्य बराबरको मदिरा बरामद गरेको हो ।

दिलवाले, गौरब, कस्तुरी, उमग नामक तीन लाख साठ्ठी हजार रुपैयाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

नेपालबाट भारततर्फ भन्सार छलि लैजादै गरेको स१ख १९२७ नम्वरको मिनिट्रक, स१ह २८५९, स१ह ३०८२ र स१ह २७२२ नम्बरको अटो रिक्सालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको थियो ।

चारवटै सवारीसाधनको चालकलाई समेत नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । भारतको बिहारमा मदिरा उत्पादन, किनबेच र पिउन प्रतिबन्ध लगाएपछि नेपाली सीमावर्ती क्षेत्रमा भारतीयहरु मदिरा सेवनकै लागि आउने गरेका छन् भने कतिपयले अवैध रुपमा मदिरा सिमापारी पुर्‍याउने गरेका छन् ।

यसैगरी सप्तरीबाट प्रहरीले ६५ वटा गाई र गोरु नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी मौवा, सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले सप्तरीको बलान बिहुल गाउँपालिका-४ बलान खोलाबाट गाई गोरु नियन्त्रणमा लिएको हो ।

नेपाल बाट भारततर्फ भन्सार छलि गरी लैजादै गरेको अबस्थामा तिन लाख एघार हजार मुल्य बराबरको गाईगोरु शनिबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment