Comments Add Comment

नेकपा सचिवालय बैठकले कार्यदल भंग गर्ला कि निष्क्रिय पार्ला ?

२१ माघ, काठमाडौं । पुस मसान्तभित्र काम सक्ने म्याण्डेट सहित नेकपा स्थायी कमिटी बैठकबाट गठित कार्यदलले विधान बाहेक अन्य कुनै विषयमा सहमति जुटाउन नसकेपछि यसलाई निरन्तरता दिने कि भंग गर्ने भन्नेबारे शीर्ष तहमा मतभेद देखिएको छ ।

आज बस्ने सचिवालय बैठकले कार्यदलको भविश्य टुंगो लगाउने एक नेताले बताए ।

कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव बिष्णु पौडेल प्रदेश कमिटी गठनको निर्णय फेरबदल गर्न असहमत भएपछि अहिलेसम्म कार्यदलको बैठक बस्न सकेको छैन ।

नौ सदस्यीय कार्यदलका लगभग बहुमत सदस्यहरु यसअघि सचिवालयले गरेको प्रदेश कमिटी लगायतका निर्णय तलमाथि गर्न तयार नभएपछि कार्यदल निश्क्रिय र निर्णयहीन अवस्थामा पुगेको हो ।

कार्यदलको कामका सन्दर्भमा अध्यक्षद्वय ओली र प्रचण्डले शनिवार छलफल गरेका थिए । बादल र महासचिव पौडेलमार्फत उनीहरुले कार्यदलमा के भइरहेको छ भन्नेबारे जानकारी समेत लिएका थिए ।

कार्यदलको कामका सन्दर्भमा अध्यक्षद्वय ओली र प्रचण्डले शनिबार छलफल गरेका थिए । बादल र महासचिव पौडेलमार्फत उनीहरुले कार्यदलमा के भइरहेको छ भन्नेबारे जानकारीसमेत लिएका थिए

कार्यदलले जे जति काम गरेको छ, त्यसको रिपोर्ट मागेर अन्य काम सचिवालयबाट टुंगो लगाउने सन्बन्धमा समेत नेताहरुबीच छलफल भएको नेकपा स्रोतले जनाएको छ ।

तर, माधव नेपाल पक्षधर नेताहरुले भने स्थायी कमिटीले गठन गरेको कार्यदल निश्क्रिय बनाउने वा त्यसलाई भंग गरेर अर्को कमिटीले काम गर्ने कुरा मान्य नहुने बताएका छन् ।

स्थायी कमिटी बैठकले माघ महिनाभित्रमा सबै कमिटी एकीकरण सम्पन्न गरी भेला बैठक सकेर फागुन र चैतमा देशब्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो ।

कार्यदलमा विधान सच्याउने विषय बाहेक अन्यमा सहमति भएको छैन । माधव नेपाल पक्षले प्रदेश कमिटी गठन सच्याउने कुरा ल्याउनासाथ बैठक अवरुद्ध भएर कार्यदल बस्न छाडेको थियो । प्रदेश कमिटी विवादकै कारण कार्यदल नै निष्क्रिय पारेर पुनः सचिवालयबाट टुंग्याउने खेल हुन थालेपछि बरिष्ठ नेता माधव नेपालले आफू निकट कार्यदल सदस्यहरुलाई अन्य विषयमा सहमति खोजेर भने प्रस्ताव तयार गर्न सुझाव दिएका थिए ।

नेपालले पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, जिल्ला कमिटी अध्यक्ष र सचिवहरुको मापदण्ड र जनसंगठन एकीकरणको सम्बन्धमा छलफल गर्न उपयुक्त हुने सुझाव दिए पनि त्यसपछि बैठक नै बसेको छैन ।

कार्यदलमा मतभेद

महासचिव विष्णु पौडेल र कार्यदल संयोजक थापा सहित शंकर पोखरेल र रघुवीर महासेठ एक पक्षमा उभिएका छन् भने माधव नेपालनिकट कार्यदल सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई र बेदुराम भुसालहरु विपक्षमा छन् । नेपाल पक्षमा नेताहरु प्रदेश कमिटीका इञ्चार्ज र सदस्य नियुक्तिको निर्णय सच्याउनुपर्ने पक्षमा छन् । उनीहरु मुख्यमन्त्रीलाई प्रदेश इन्चार्ज बनाउने निर्णयको विपक्षमा छन् ।

कार्यदलका अन्य दुई सदस्य प्रचण्ड निकट वर्षमान पुन र लेखराज भट्टको धारणा प्रष्ट आएको छैन । यद्यपि उनीहरु कार्यदलबाटै पार्टी एकताका बाँकी कामहरु टुंग्याएर स्थायी कमिटीमा प्रस्ताव लैजानुपर्ने पक्षमा देखिएका छन् । तर, कार्यदल संयोजक बादलले बैठक नै बोलाउन छाडेपछि कार्यदल औचित्यहीन बनेको एक सदस्यले बताए ।

आजको सचिवालय बैठकमा कार्यदलको विषयमा पनि छलफल हुने महासचिव पौडेलले बताए । माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम कार्यदलमार्फत प्रदेश कमिटीको समस्या हल गर्नुपर्ने पक्षमा छन् । अध्यक्ष केपी शर्मा ओली भने सचिवालयकै सानो कार्यदलबाट टुंगो लगाउन सकिने पक्षमा रहेको दाबी केही नेताहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment