Comments Add Comment

घरबाट खसेको रडले लाग्दा जनप्रतिनिधिको मृत्यु

२१ माघ, काभ्रे । सदरमुकाम धुलिखेलमा निर्माणाधीन घरबाट रड खस्दा एक जनप्रतिनिधिको मृत्यु भएको छ ।

धुलिखेलको सरस्वती बजारमा निर्माण हुदै गरेको सुवर्ण श्रेष्ठको घरबाट रड खस्दा आइतबार दिउसो २ बजे महाभारत गाउँपालिका ४ का ५५ वर्षीय देवीबहादुर ठाडामगरको मृत्यु भएको हो ।

महाभारत गाउँपालिका ४ का वडासदस्यसमेत रहेका उनको टाउको रडले लागेको थियो । घाइते ठाडामगरको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment