+
+
Shares

बरुण र श्रद्धाको ‘एबीसीडी ३’ बन्यो ‘स्ट्रिट डान्सर थ्रीडी’

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २२ गते ११:२८

बलिउडका चर्चित नायक बरुण धवन र नायिका श्रद्धा कपुरको मुख्य भूमिका रहने डान्सिङ चलचित्रको नाम पक्का भएको छ । ‘एबीसीडी ३’ भनिएको उक्त चलचित्रको नाम ‘स्ट्रिट डान्सर थ्रीडी’ राखिएको छ ।

बरुणले नै आफ्नो सामाजिक सञ्जालबाट चलचित्रको नाम सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘जब तपाई नाच्न सक्नहुन्छ भने किन सडकमा नरमाउने ? आफ्नाल सोच बदल्नुस र त्यसलाई सहयोग गर्नेछ स्ट्रिड डान्सर थ्रीडी’ले । जुन नोभेम्बर ८ मा रिलिज हुनेछ ।’ बरुणले आफ्नो सामाजिक संजालबाट चलचित्रको रिलिज मिति समेत बताइदिएका छन् ।

रेमो डी सेउजाको निर्देशनमा बनिरहेको यो चलचित्रको पहिलो सेड्युलको छायांकन सकिएको छ । चलचित्रको दोस्रो सेड्युल आउँदो महिनाको यही महिनाको १५ तारिखबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?