Comments Add Comment

एकसाथ देखिदै रणवीर र दीपिका

बलिउडमा नायक रणवीर कपुर र नायिका दीपिका पादुकोण निकै राम्रो अभिनय गर्ने कलाकारमा पर्छन् । उनीहरुले अभिनय गरको चलचित्रले निकै राम्रो व्यापर पनि गरेका छन् । रणवीर र दीपिकाले ‘बच्ना ए हसिना, ए जवानी हे दिवानी, तमशा’ लगायतको चलचित्रमा एक साथ काम पनि गरेका छन् । चलचित्रको पर्दामा उनीहरुको केमेष्ट्री रुचाइएको पनि थियो ।

अब पुनः उनीहरुले स्क्रिन शेयर गर्ने भएका छन् । तर, यसपटक गर्न लागेको स्क्रिन शेयर ठुलो पर्दाको लागि भने हैन । उनीहरुले एक ब्राण्डको विज्ञापनमा सँगै काम गर्न लागेका हुन् । आजैबाट छायांकन सुरु हुने उक्त ब्राण्डको नाम भने खुलाइएको छैन ।

ठुलो पर्दामा रणवीर र दीपिकाको जोडी हेर्न चाहने दर्शकको लागि पनि एक खुसीको खबर छ । उनीहरु लभ रञ्जनको निर्देशनमा बन्ने एक ‘अनटाइटल’ चलचित्रमा सँगै काम गर्ने समचार बाहिरिएको छ । यस चलचित्रमा अजय देवगण पनि मुख्य भूमिकामा प्रस्तुत हुने बताइएको छ । सन् २०१९ भित्रै छायांकन गर्ने यस चलचित्रलाई डिसेम्बर २०२० मा रिलिज गर्ने समचार भारतीय मिडियामा प्रकाशित भएको छ । रणवीर कपुर र दीपिका पादुकोण कुनै समय प्रेममा थिए ।

उनीहरुको प्रेम मिडियामा छरपस्ट थियो । तर, पछि उनीहरु अलग भए । अहिले दीपिकाले नायक रणवीर सिंहसँग बिबाह गरिसकेकी छिन् भने रणवीर कपुर नायिका आलिया भट्टको प्रेममा रमाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment