Comments Add Comment

इएल क्लासिकोमा मेस्सीका लागि बार्सिलोनाले अन्तिमसम्म पर्खिने

काठमाडौं । बार्सिलोनाले रियल मड्रिडविरुद्ध खेल्ने टोलीमा लिओनल मेस्सीलाई पनि राखेको छ । तर, उनी खेल्न नखेल्ने निर्णय अन्तिम मिनेटमा हुनेछ ।

कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मड्रिड बुधबार भिड्दैछन् ।

शनिबार भ्यालेन्सियासँग २–२ को बराबरी खेल्ने क्रममा मेस्सी घाइते भएका थिए । उनले मंगलबार अभ्यासमा फर्किएका छन् तर, रियलविरुद्ध खेल्नेमा शंका छ ।

‘कहिले काँही खेलाडीको अवस्थामाथि आशंका हुन्छ र अन्तिमसम्म पर्खिनुपर्ने हुनसक्छ’ बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभेर्डेले भनेका छन्, ‘अहिले मेस्सीको हकमा यस्तै भएको छ ।’

बुधबार क्याम्प नाउमा हुने खेल २५ दिनभित्र हुने तीन इएल क्लासिको मध्ये पहिलो हो । दोस्रो लेग २७ फेब्रुअरीमा हुनेछ भने ला लिगाको क्लासिको २ मार्चमा हुनेछ ।

बुधबारको खेलका लागि बार्सिलोनाका फर्वाड उस्मान डेम्बेले पनि फिट हुनेमा शंका छ । रियल मड्रिडको टिममा भने महत्वपूर्ण खेलाडीहरु उपलब्ध छन् ।

उसो त गत अक्टोबरमा भएको इएल क्लासिकोमा पनि मेस्सी खेलेका थिएनन् । उनको हात भाँच्चिएको थियो । तर, लुइस स्वरेजको ह्याट्रिकको मदतमा बार्सिलोनाले ५–१ को जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment