Comments Add Comment

मापसे गरेर ट्याक्सी तोडफोड गर्ने पक्राउ

२३ माघ, काठमाडौं । प्रहरीले मादक पदार्थ सेवन गरेर ट्याक्सी तोडफोड गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागर्जुन नगरपालिका-४, रामकोट बस्दै आएाक २१ वर्षीय दिनेश विक छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । वृत्तका अनुसार सितापाइला चोकमा विकले बा २ ज ६९१ र बा २ ज ६६३ नम्बरको २ वटा ट्याक्सी तोडफोड गरेर भागेका थिए ।

प्रहरीमा त्यसबारे उजुरी परेपछि खोजबिनमा खटिएको प्रहरीले विकलाई बुधबार बिहान पक्राउ गरेर अनुसन्धान थालेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment