Comments Add Comment

कांग्रेस बैठकमा नेविसंघ विघटनको प्रस्ताव, सिटौलाको विरोध

२३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा उपसभापति विमलेन्द्र निधिले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव राखेका छन् ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघ के गर्ने भन्ने प्रस्ताव राखेका थिए । नेता कृष्ण सिटौलाले अधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने मत राखेका छन् तर, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल संघ विघटनको पक्षमा उभिएका छन् ।

बुधबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले नेविसंघको कार्यसमिति विघटनको प्रस्ताव राखे । कानुनीसँगै राजनीतिक रुपमा पनि वर्तमान कार्यसमितिको औचित्य सकिएको भन्दै उनले वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउन प्रस्ताव गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पनि वर्तमान कार्यसमिति विघटनको पक्षमा उभिएका छन् ।

तर, नेता कृष्ण सिटौलाले भने विरोध गरे । थुप्रै भ्रातृ संगठनको अधिवेशन नभएको तर, नेविसंघको हकमा एक दिन म्याद सकिनासाथ भंग गर्नुपर्छ भन्न नहुने बताए ।

अहिले कार्यसमितिको म्याद थप गरेर चुनावमार्फत नयाँ नेतृत्व ल्याउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment