Comments Add Comment

नेपाल प्रहरीका ३ डीएसपीको काज सरुवा, कुमुद चन्द्रनिगाहपुरमा

२४ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय, जाजरकोटको प्रमुखमा डीएसपी श्याम खत्रीलाई पठाइएको छ भने जाजरकोटमा हाल कार्यरत रवीन्द्र केसीलाई आईजीपी सर्वेन्द्र खनालको सचिवालयमा तानिएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत डीएसपी कुमुद ढुंगेललाई इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर र उनको ठाउँमा डीएसपी धर्म भण्डारीलाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment