+
+
Shares

स्थिर देखियो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २४ गते १५:०३

२४ माघ, काठमाडौं । साताको अन्तिम दिन कारोबार सेयर बजार स्थिर देखिएको छ । बिहीबार सेयर बजार ०.०१ प्रतिशतलेमात्रै ओरालो लागेर सेयर बजार स्थिर देखिएको हो ।

१ हजार १ सय ३९ दशमलव ७८ अंकबाट शुरु भएको बिहीबारको सेयर बजार ०.०१ प्रतिशतअर्थात जम्मा ०.१५ अंकले ओरालो लागेको छ । बिहीबार साझ कारोबार बन्द हुँदा नेप्सेपरिसूचक १ हजार १ सय ३९ दशमलव ५७ रोकिएको छ ।

दिनभर भएका ६ हजार ३ सय १२ कारोबारबाट विभिन्न कम्पनीका ८ लाख ८२ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार बिहीबारको कारोबार रकम २५ करोड ७६ लाख ४१ हजार रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बिहीबार कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा देखिएको छ । नेपाल लाइफको २ करोड ४५ लाख रुपैयाँ बजारको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?