Comments Add Comment

संघीय प्रणालीले मुलुक समृद्ध बनाउँछ : मुख्यमन्त्री पोखरेल

२४ माघ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय प्रणाली स्थापित गरेर मुलुकलाई समृद्ध बनाउने बताएका छन् ।

संघीयता लागू भएपछि मुलुकको विकास तिब्र गतिमा भएको दावी गर्दै उनले मुलुकको कुल ग्राहस्र्थ उत्पादन अझै बढ्ने दावी गरे । रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलको प्रथम स्थापना दिवस तथा स्मारिका बिमोचन कार्यक्रममा उनले संघीय प्रणालीलाइ स्थापित गरेपछि मात्रै मुलुक समृद्ध बन्ने दाबी गरेका हुन् ।

‘भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएपछि प्रदेशमा पर्यटनको विकास तीब्र हुन्छ ,हामीले पर्यटन प्रवर्द्धनका लागि १ बर्षमा सय भन्दा बढी खेल मैदान समेत बनाउदैछौ’ उनले भने ।

केन्द्र सरकारको पहलले मात्र यी सबै काम नहुने भन्दै उनले प्रदेश सरकार पनि भएकाले धेरै विकासका काम अघि बढेको जिकिर गरे । प्रदेश ५ समृद्ध बन्ने र नुमना बन्नेमा आफु ढुक्क रहेको उनको भनाइ छ । प्रदेशमा एकैचोटी रुपन्देही,दाङ र बाँकेमा गरी तीनवटा नया औद्योगिक क्षेत्र बनाउने काम शुरु भएको पोखरेलको भनाइ छ ।

‘बाहिरको हल्ला जस्तो नभएर नेपालको अर्थतन्त्र पोजिटिभ दिशातर्फ जांदै छ , तरलताको अबस्था, बैंकको क्षमता बढाउने नाममा संख्या घटाउदा केहि समस्या भएको हो ।’

रिपोर्टस् सिर्जनशील पत्रकारिता पुरस्कार खनाललाई

यसैबर्षदेखि स्थापित रिपोर्टर्स सिर्जनशील पत्रकारिता पुरस्कारबाट एभिन्युज टेलिभिजनका प्रदेश ५ ब्युरो प्रमुख दामोदर खनाललाई प्रदान गरिएको छ ।

खनालले १५ हजार रुपैयाँ नगद पुरस्कार पाए । सो अबसरमा सुशासन र विकास समृद्धिका आधार नामक स्मारिकाको समेत बिमोचन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment