Comments Add Comment

काठमाडाैंलाई ‘स्मार्ट’ बनाउन सुझाव संकलन, उत्कृष्टलाई पाँच लाख दिइने

पहिलो चरणमा १४२ सुझाव छनाेट

Photo Credit : प्रतिकात्मक तस्वीर

२५ माघ, काठमाडौं । ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् ।  सुझाव राख्नका लागि एक महीनाको समय निर्धारण गरिएकामा ४५२ सुझाव संकलन भएका थिए । तीमध्येबाट छनोट गरी १४२ परेका हुन् ।

काठमाडौँको विद्यमान शहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौँ महानगरले गत मंसिर २६ गतेबाट सुझाव संकलन गर्न शुरु गरेको थियो ।

मुख्यगरी समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी चार क्षेत्रलाई प्रतिस्पर्धाका मुख्य विषय बनाइएको थियो ।

विभिन्न चरण गरी आगामी छ महीनासम्म चल्ने यस प्रतिस्पर्धामा गत पुस ३० गतेसम्म पहिलो चरणको सोच दर्ता गर्ने समय दिइएको कामपाको शहरी योजना आयोगका सदस्य-सचिव सरोज बस्नेतले जानकारी दिए ।

प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौंका शहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्ने कामपाले जनाएको छ । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुनेछ ।

उत्कृष्ट सोचको आधारमा विजेतालाई रु पाँच लाख पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो ।

त्यस्तै प्रतिस्पर्धाका चार विषयगत विजेतालाई प्रतिसमूह रु दुई लाख र उपविजेतालाई जनही रु एक लाख प्रदान गरिनेछ ।

सदस्य-सचिव बस्नेतका अनुसार काठमाडौंको समस्या पहिचान गरी निराकरण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न कामपाले ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा, २०७५’ शुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment