Comments Add Comment

घरेलु टोली न्यूजील्यान्ड भारतसँग स्तब्ध, अन्तिम खेलले सिरिजको छिनोफानो लाग्ने

२५ माघ, काठमाडौं । दोस्रो टी-२० क्रिकेट खेलमा घरेलु टोली न्यूजील्यान्डलाई पराजित गर्दै भारतले सिरिज १-१ को बराबरीमा पुर्‍याएको छ ।

इडेन पार्कमा भएको खेलमा भारतले न्यूजील्यान्डलाई सात विकेटले पराजित गरेको हो । १५९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले निर्धातिर २० ओभर सकिन सात बल बाँकी छदा सबै तीन विकेटको क्षतिमा भेटायो ।

भारतको जितमा कप्तान रोहित शर्माले २९ बलमा ५० रन बनाए । त्यस्तै, ऋषव पन्तले अविजित ४० रन बनाउँदा शिखर धवनले ३० र महेन्द्रसिंह धोनीले २० रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजील्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५८ रन बनाएको थियो । न्यूजील्यान्डका लागि कोलिन डे ग्रान्डहोमले ५० र रोस टायलरले ४२ रन बनाएका थिए ।

बलिङतर्फ भारतका क्रुनाल पाण्ड्याले तीन विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा न्यूजील्यान्डले भारतलाई ८० रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment