+
+
Shares

एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै उप्रेतीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २७ गते १६:३७

२७ माघ, काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।

शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको थियो । उप्रेती पनि एसएसपी बढुवाका लागि प्रबल दाबेदार थिए । तर, उनको नाम परेन ।

उनले आइतबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् । हाल उनी महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत् थिए ।

उनले अनलाइनखबरसँग कुरा गर्दै राजीनामा दिएको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?