
२७ माघ, काठमाडौं । सरकारले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिबार उनीहरुको पदोन्नतिको सिफारिस गरेको हो ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ठूले राईले जनपद प्रहरी समूहतर्फका १४ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको जानकारी दिए ।
बढुवा हुनेमा सन्दीप भण्डारीदेखि जिल्ला प्रशासन कार्यालय झापा दरबन्दी रहेका भीमप्रसाद ढकालसम्म छन् । त्यस्तै, मिरा चौधरीको पनि एसपीबाट एसएसपीमा पदोन्नति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4