Comments Add Comment

सलिनको दाबीः ‘यात्रा’ले पर्यटन प्रबर्धन गर्छ, आँखालाई शितलता दिन्छ’

नायक सलिनमान बनियाँले आफूले अभिनय गरेको दोश्रो चलचित्र ‘यात्रा’ले नेपालको पर्यटन प्रबरधनमा सहयोग गर्ने बताएका छन् । चलचित्रको टिजर सार्वजनिक भएसँगै यसको चर्चा पनि बढेको छ । सलिनले भने–‘मैले भनेजस्तै भूमिका गर्न पाएको छु । चलचित्रले पर्यटन प्रबर्धनमा सहयोग गर्छ, दर्शकको आँखालाई पनि शितलता दिन्छ ।’

यो चलचित्रको शीर्ष गीतको छायांकन नेपालको पहाडी तथा हिमाली भेगमा गरिएको छ । यो गीतको भिडियो सोमबार सार्वजनिक हुँदैछ । यस गीतमा शब्द र संगीत प्रतिक पौडेलको धर्मेन्द्र सेवान , मेलिना राई , प्रेक्षा बज्राचार्य र उपकार पाण्डेले गीतमा स्वर दिएका छन् ।

यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । ‘चलचित्रको कथावस्तु यात्रामा केन्द्रित छ तर यसले पूर्णरुपमा मनोरञ्जन दिन्छ’ निर्देशक शाक्य भन्छन् ‘चलचित्रमा चाहिने सम्पूर्ण तत्व यसमा छ ।’ चलचित्रमा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल र नवनायिका मल्लिका महत्तको मुख्य भूमिका छ ।

कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ताको रुपमा छन् ।

चलचित्रमा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सहनिर्माता छन् भने चलचित्रका निर्माता सुशील पोखरेल हुन् । यो चलचित्रका कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment