Comments Add Comment

६ महिनादेखि शल्यक्रियासहितको सुत्केरी सेवा बन्द

२७ माघ, रामेछाप । गत साउनमा बन्द भएको शल्यक्रियासहितको सुत्केरी सेवा सञ्चालन नहुँदा जटिल खालको प्रसुति गराउन जिल्लाबाहिरै जानुपर्ने अवस्था कायमै छ ।

सदरमुकाम मन्थलीमा रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको शल्यक्रियासहितको सुत्केरी सेवा बन्द भएको ६ महिना बित्दासमेत सञ्चालनमा चासो देखिएको छैन ।

सामान्य रुपमा सुत्केरी हुन नसकेका महिलाहरुको शल्यक्रिया गरेर बच्चा निकाल्ने यो सेवा बन्द हुँदा रामेछाप, ओखलढुँगा, सिन्धुली र दोलखाका गर्भवती महिलाको शल्यक्रिया गर्नुपर्दा धुलीखेल पु¥याउनुपर्ने बाध्यता छ । जसले गर्दा महिलाहरुको बाटैमा ज्यान जाने खतरा बढेको छ ।

३ वर्षअघि सुरु भएको यो सेवा चिकित्सकले काम छाडेपछि बन्द भएको थियो । तर पछि प्राथमिक स्वास्थ्य केन्द्रले त्यहीँ कार्यरत एक चिकित्सकलाई तालिम दिई शल्यक्रिया गराउँदै आएको थियो । तर ती चिकित्सक पनि सरुवा भएपछि प्राथमिक स्वास्थ्य केन्द्रमा सो सेवा बन्द भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा पुन सो सेवा सञ्चालनको लागि केही समय लाग्ने मन्थली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले जानकारी दिए । उनले भने, ‘यसको लागि गाइनोक्लोजिष्ट चाहिन्छ । स्वास्थ्य केन्द्रले उहाँहरुले माग अनुसारको पारिश्रमिक दिन सक्दैन, त्यसैले भन्नेबित्तिकै यस्ता विशेषज्ञ पाउन गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment