Comments Add Comment

मौलाकालिका अस्पतालमा एनआईसीयु र पीआईसीयु सेवा सुरु

२७ माघ, चितवन । चितवनको मौलाकालिका अस्पतालमा नवजात शिशुका लागि एनआईसीयु र बालबालिकाका लागि पीआईसीयु सेवा सुरु भएको छ ।

श्रीपञ्चमीको अवसर पारी अस्पतालले पााच बेडको एनआईसीयु र तीन बेडको पीआईसीयु सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष डा. माणिकलाल मानन्धरले जानकारी दिए ।

एनआईसीयुमा दुईवटा भेन्टिलेटर छन् । सेवा सञ्चालनका लागि तीन जना विषेशज्ञ चिकित्सक, ४ जना मेडिकल अफिसर र ८ जना तालिम प्राप्त नर्सहरुलाई जिम्मेवारी दिइएको अध्यक्ष मानन्धरले जानकारी दिए ।

एनआईसीयु र पीआईसीयुका सञ्चालनका लागि डेढ करोड खर्च भएको छ ।

अस्पतालमा मासिक ६० देखि ७० जनासम्मले गर्भवती सेवा लिने गरेका छन् ।

अस्पतालमा जन्मने नवजात शिशुहरुका लागि एनआईसीयु सेवा नहुादा समस्या भएकोले सेवा सुरु गरिएको अस्पतालका बच्चा विभागका प्रमुख डा. विश्ववन्धु बगालेले जानकारी दिए ।

आवश्यकता अनुसार सेवालाई १० बेडसम्म पुर्‍याउने योजना रहेको डा. बगालेले जानकारी दिए । ‘अस्पतालमा जन्मने नवजात शिशु र वेड खाली हुादासम्म अन्यत्रबाट पनि नवजात शिशुको प्रभावकारी उपचारलाई ध्यानमा राखेर सेवा सञ्चालनमा ल्याएका हौं,’ विभागका प्रमुख डा. बगालेले भने, ‘उपचारलाई विशिष्टिकरण गर्ने योजना अन्र्तगत मौंलाकालिकाले एनआईसीयु र पीआईसीयु सेवा सुरु गरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment