Comments Add Comment

सरकार कतै लरबरिएको जस्तो देखियो : माधव नेपाल

२७ माघ, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।

आइतबार हेटौंडामा आयोजित कार्यक्रममा उनले सरकारले काम गर्न खोजे पनि कतै लरबरिएको जस्तो भान भएको बताए । सरकारको कमजोरी औल्याएर सुधारका लागि पार्टी सचिवालयमा गम्भीर छलफल हुने पनि नेता नेपाललेजानकारी गराए ।

नेता नेपालले दुई पार्टीबीच एकीकरणको सबै प्रक्रिया चाडै टुङ्गिने बताएका छन् । उनले पार्टीको सबै तहमा हुने एकीकरण प्रक्रियामा कसैको गोजीको, नाता पर्ने होइन असल, पार्टी सञ्चालन गर्न सक्ने व्यक्ति एकीकृत संगठनको अध्यक्ष हुने बताए ।

उनले संगठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै संगठनलाई चुस्त दुरुस्त बनाउन पनि एकीकरण प्रक्रिया टुंगो लगाउनुपर्ने धारणा राखे ।

‘आजको आवश्यकता एकीकरण भए पनि संगठन निर्माणको नाउँमा गोजीबाट निकालेको ब्यक्तिलाई नेतृत्व दिन सकिदैन’ उनले भने ।

नेता नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको शिकार भएको आरोप लगाए । नेपाली कांग्रेसले भ्रष्ट्राचार न्युनीकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भए पनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment