Comments Add Comment

यही सरकारले नै वृद्धभत्ता ५ हजार पुर्‍याउँछ : उपप्रधानमन्त्री पोखरेल

२७ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेकै सरकारले वृद्धभत्ता मासिक ५ हजार पुर्‍याउने बताएका छन् ।

चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने उनले दावी गरे ।

आइतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले केहीले भनेजस्तो सरकार चुनावी घोषणा पत्र र आफ्नो नीति तथा कार्यक्रममा गरिएको प्रतिवद्धताबाट पछि नहटेको दावी पनि गरे ।

‘हामीले जे कबुल गरेका थियौं, त्यो कबुल गरेअनुसार हामी प्रत्येक महिना जेष्ठ नागरिकलाई यो कार्यकालमा ५ हजार पुर्‍याउछौं, यसबाट अलिकति पनि तलमाथि हुन सक्दैनौं’ उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले वृद्धहरुका लागि १ लाख रुपैयाँको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अब मासिक पाँच हजार भत्ता दिने कामलाई सुरु गर्ने पनि बताए । सरकारले रोजगारीको अवसर सृजना गर्न फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्न लागेको पनि पोखरेलले जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनतासँग गरिएको प्रतिवद्धतालाई सरकारले तलमाथि हुन नदिने पनि दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment