Comments Add Comment

रणवीर मेरो प्यारो मान्छेः बाणी

बलिउड नायिका वाणी कपुर र नायक रणवीर सिंहले आदित्य चोपडाको चलचित्र ‘बेफिक्रे’मा सँगै काम गरेका थिए । अब भने वाणी रणवीर कपुरको साथमा चलचित्र ‘शमशेरा’मा काम गर्दैछिन् । करण मल्होत्रा निर्देशित यस चलचित्रमा १८ औं शताब्दीको डाकुको कथा प्रस्तुत गरिने छ । जसले अग्रेजबाट आफ्नो अधिकार तथा स्वन्त्रता बचाएको थियो ।

यस चलचित्रमा रणवीरको जोडी भएर वाणीले अभिनय गर्नेछिन् । अहिलेसम्म ‘शमशेरा’को सुटिङ सुरु भएको छैन । तर, वाणी रणवीरप्रति निकै प्रभावित भएकी छिन् । सुटिङ सुरु हुनु पूर्व नै वाणी रणवीरको फ्यान बनेकी छिन् ।

वाणीले अहिलेदेखि नै रणवीरको तारिफ गरिरहेकी छिन् । सुटिङ सुरु नहुँदै वाणीले रणवीर आफ्नो प्यारो मान्छे भएको र उसले आफूलाई धेरै कुरामा सहयोग गरेको बताउँदै आएकी छिन् । रणवीर वाणीका साथ एकदम साधरण बन्ने पनि वाणीको भनाई छ । रणवीर जस्तो कलाकारको साथ पाउनु आफ्ना लागि भाग्यको कुरा भएको उनको भनाई छ ।

उनले रणवीरको व्यवहारको मात्र प्रशंसा गरेकी छैनन् । रणवीर निकै दिमाग भएको कलाकार भएको पनि उनले बोलेकी छिन् । परिवार नै चलचित्र क्षेत्रमा भएकाले मात्र उ कलाकार नभएको वाणीले दावी गरिन् । रणवीरसँग कला भएको भन्दै वाणी रणवीर असल व्यवहार गर्ने मान्छे भएको बताउँछिन् ।

चलचित्र ‘शमशेरा’मा संजय दत्तको पनि अभिनय रहनेछ । बुझिए अनुसार, यस चलचित्रमा वाणीले एक्सन भूमिका निर्वाह गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment