Comments Add Comment

सभामुख महरा र डीपीआरकेका राजदूतबीच भेटवार्ता

२८ माघ, काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरिया  (डीपीआरके) का नवनियुक्त राजदूत जो योङ मनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मनले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

नयाँ राजदूतको रुपमा नेपाल आएका मनलाई स्वागत गर्दै सभामुख महराले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

विश्व शान्ति स्थापनाका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँको नेतृत्वले थालेको वार्ता, संवाद र कूटनीतिक पहलको प्रशंसा महराले गरेको महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

मनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment