२८ माघ, काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारण सेयर (आइपीओ)मा करिब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । सोमबार बिहान १० बजेसम्म करिब ४० लाख कित्ता अर्थात् ४० करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए ।
कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओका लागि आज र भोलि मंगलबारसम्म आवेदन दिन सकिने छ ।
अहिलेको आवेदन दिएको अवस्था हेर्दा न्यूनतम १ सय कित्तासम्म लगानीकर्ताले सेयर पाउने देखिएको छ ।
११ मेगावाटको तल्लो खारेखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ जारी गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4