Comments Add Comment

‘एनसेलले तिर्नु पर्ने रकम करिब ७५ अर्ब !’

सर्वोच्चको पूर्णपाठ कुर्दै ठूलाकरदाता

२८ माघ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री वापतको पूँजीगत लाभकर एनसेलबाटै असुल उपर गर्न सर्वोच्चले अदालतले गत २३ गते आदेश दिएको छ ।

सर्वोच्चको आदेश आए कति रकम एनसेलले सरकारलाई तिर्नु पर्ला भन्ने विषयमा अझै अन्योलता देखिएको छ । ठूला करदाता कार्यालयको हिसाबमा एनसेलले आइतबारसम्मको करिब ७५ अर्ब रुपैयाँ कर तिर्नु पर्ने देखिएको छ ।

ठूला करदाता कार्यालयका प्रमुख धनिराम शर्माले आइतबारसम्मको ७५ अर्बको हाराहारीमा भएको जानकारी दिए । सावाँ रकममा बिवाद नभए पनि व्याजका कारण यति नै भन्न सकिने अवस्था भने नभएको उनले बताए ।

‘साँवा रकममा त कुनै दुविधा नै छैन तर व्याज जोड्दा दुविधा देखिएको हो’ प्रमुख शर्माले भने, ‘तिर्नुपर्ने साँवा रकम ६० अर्ब ७१ करोड रुपैयाँ हो, आइतबारसम्मको मोटामोटी ७५ अर्ब रुपैयाँ हो ।’

करको व्याजद दिनदिनैको हिसाब हुने हुँदा तिर्ने दिनको हिसाब गरेर फरफारक हुने उनले बताए । यद्यपि, यो ७५ अर्ब रुपैयाँमा टेलियाले बुझाएको क्यापिटल गेन ट्याक्स यसमा मिलान नगरिएको उनले बताए ।

तर अदालतको पूर्ण पाठ हालसम्म पनि नआएकाले अरु केही बोल्न नसकिने उनले बताए । अदालतको पूर्ण पाठ आए पछि सोही अनुसार आवश्यक काम गरिने उनले बताए ।

‘अदालतको आदेशको पूर्ण पाठ अझै आएको छैन, भोली त्यो २३ अर्ब नघटा भनेर आयो भने के गर्ने’ उनले भने, ‘त्यही भएर त अहिले बोल्न मिलेको छैन त ।’

गत २३ गते सर्वोच्चले एनसेलको स्वामित्व खरिद बिक्री वापतको पूँजीगत लाभकर एनसेलबाटै असुल उपर गर्न आदेश दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्ऽसमशेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले बुधबार एनसेलको सेयर स्वामित्व खरिद-बिक्री वापतको पूँजीगत लाभकर एनसेल र आजिएटाबाटै उठाउन आदेश दिएको हो । अदालतको पूर्ण पाठ आएपछि आवश्यक कारबाही अघि बढाइने ठूला करदाता कार्याल्यले जनाएको छ ।

टेलियासोनेराले एनसेलको आˆनो स्वामित्वमा रहेको सेयर मलेसियाको आजिएटालाई बिक्री गरेवापतको पूँजीगत लाभकर कसले तिर्ने भन्ने विषयमा विवाद भएको थियो । आजिएटा र एनसेलले उक्त पूँजीगत लाभकर तिर्ने दायित्व आˆनो नभएर टेलियासोनेराकै भएको दाबी गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment