Comments Add Comment

समृद्धिको लागि नीति र नियत स्पष्ट हुनुपर्छ : मुख्यमन्त्री राउत

२८ माघ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको लागि नीति र नियत दुबै स्पष्ट हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय योजना आयोगले सोमबार जनकपुरमा आयोजना गरेको १५ औं योजनाको आधारपत्रसम्बन्धी प्रादेशिक परामर्श  बैठकमा उनले नियत स्पष्ट नभए पछि नीति कार्यान्वयन नहुने धारणा राखे ।

मुलुकले १४ वटा पञ्चवर्षीय आवधिक योजना बनाइसके पनि उपलब्धि हासिल गर्न नसक्नुको कारणहरु औल्याउदै अगामी दिनको बाटो तय गर्नुपर्ने उनले बताए ।  तलदेखि माथिसम्म व्याप्त कुशासन, भ्रष्टाचार जस्ता समस्या लक्ष्य प्राप्तिमा अवरोधक बनेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यस्ता कुशासन अन्त्य गर्ने काम आफैंबाट सुरु गर्नुपर्ने धारणा राखे ।

१३६ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको उपस्थिति रहेको उक्त बैठकमा मुख्यमन्त्री राउतले संविधानले प्रदत गरेको अधिकारलाई नै टेकेर प्रदेश र स्थानीय सरकारले सहकार्य गरे केही वर्ष भित्रै प्रदेशलाई समृद्ध प्रदेश बनाउने प्रतिबद्धता जनाए ।

रकम छर्ने साना योजनाहरुले समृद्धिको बाटो पहिल्याउन नसक्ने जिकिर गर्दै उनले अबको विकास ठोस प्रकारको हुनु पर्ने बताए । ‘५० हजार एक लाखको योजना छनोटतिर हामी नलागौं, ठोस योजनाहरुको पहिचान गरौं । जसले हामीलाई समृद्ध बनाउँछ’ मुख्यमन्त्री राउतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment