Comments Add Comment

छिन्ताङमा इसाई समाजको स्वास्थ्य शिविर

२९ माघ, धरान । इसाई समाज धरानले धनकुटा जिल्लाको छिन्ताङमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु सहभागी थिए ।

हरेक वर्ष स्वास्थ्य शिविर गर्दै आएको समाजले सोमबार धनकुटाको छिन्ताङस्थित माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको शिविरमा विद्यार्थीसहित २०० जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स र प्राविधिकहरुको टोलीले स्वास्थ्य सेवाका साथै निःशुल्क रुपमा औषधि उपलब्ध गराएको थियो ।

शिविरमा दुईजना मध्ये सबै भन्दा बढी छालासम्बन्धी बिरामीहरु भेटिएको स्वास्थ्य टोलीमा खटिएका चर्म तथा यौन रोग विशेषज्ञ प्रा.डा. धनकेशर खडकाले जानकारी दिए ।

यसअघि कुनै स्वास्थ्य शिविर नभएको त्यस ठाउँमा पहिलो पटक बीपी प्रतिष्ठानका डाक्टरहरुले घरआँगनमै पुगेर स्थानीयको स्वास्थ्य परीक्षण गरेका हुन् ।

स्वास्थ्य टोलीमा वालरोग विशेषज्ञ प्राडा अरुणकुमार सिंह, चर्म तथा यौन रोग विशेषज्ञ प्रा.डा धनकेशर खडका, डा. बीजी श्रेष्ठ, डा. सन्तोषकुमारी अग्रवाल, डा. मिलन श्रेष्ठ, डा. कृष्ण सुवेदी डा. उज्वल गौतम, डा. रेशम कोइराला, डा. नगेन्द्रप्रसाद जोशी, डा. एकबहादुर तामाड, डा. प्रकाश सुवेदी, डा.कमलप्रसाद आचार्य र स्टाफ नर्स निशा श्रेष्ठ, ल्याव प्राविधिक लक्कीराम सोरेन, आँखा प्राविधिज्ञ राजकुमार बराल लगायतके सहभागिता थियो ।

सोही कार्यक्रममा इसाई समाज धरानले विद्यालयका बालबालिकालाई १२० थान नीलो सुइटर, खेलकुदका सामग्री र पंखाहरु वितरण गरेको छ । एक लाख रुपैयाँ बराबरका सामग्रीहरु विद्यालयका प्रधानाध्यापकलाई इसाई समाज धरानका अध्यक्ष कमल हृयुजले हस्तान्तर गरेका थिए ।

समारोहमा धरानका पास्टर पर्शु गुरुङ, स्थानीय अभिभावक गणेश राई, कार्यक्रमका संयोजक आर्टिस्ट राई र शहिदभूमी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोक राईले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment