Comments Add Comment

एकीकृत बस्तीको परिवर्तित डिजाइन स्वीकृत गरिदिन एनआरएनएको आग्रह

२९ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको गुम्सीपाखामा निर्माणाधिन एकीकृत बस्तीको परिवर्तित गुरुयोजना र डिजाइन स्वीकृत गर्न आग्रह गरेको छ ।

एनआरएनएका अध्यक्ष भवन भट्ट नेतृत्वको टोलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीसँग भेट गरी परिवर्तित गुरुयोजना र डिजाइन स्वीकृत गर्न आग्रह गरेको हो ।

भेटमा गैर आवासीय नेपाली संघका अध्यक्ष भट्टले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई साइटको अवस्था अनुसारको परिवर्तित गुरुयोजना उपलब्ध गराएका थिए ।

उनले साइटको अवस्था तथा लाभग्राहीहरुसँगको समझदारीपछि भएका सामान्य परिवर्तनसहितको विस्तृत डिजाइन र गैरआवासीय नेपाली संघसँग सम्झौता गर्ने लाभग्राही र गोलाप्रथामार्फत लाभग्राहीलाई परेको घर नम्बर भएको पुस्तिका दिएका थिए ।

एनआरएनए ले निर्माणाधीन घरहरुको कित्ताकाट गर्न र लाभग्राहीहरुलाई घर हस्तान्तरणको प्रकृया अघि बढाइदिन पनि प्राधिकरणलाई आग्रह गरेको छ । संघका अध्यक्ष भट्टले आगामी वैशाख १२ गते हस्तान्तरण गर्ने गरी गुम्सीपाखामा एकीकृत बस्तीको पुनर्निर्माण भइरहेको जानकारी दिए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गुम्सीपाखामा भइरहेको पुनर्निर्माणलाई निर्धारित समयमा सम्पन्न गर्न प्राधिकरणले आवश्यक सहयोग गर्ने आश्वासन दिए ।

साथै उनले स्थानीय पूर्वाधार र जीवीकोपार्जनमा विशेष ध्यान दिन गैरआवासीय नेपाली संघका पदाधिकारीहरुलाई आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment