Comments Add Comment

बी डिभिजन लिग : दुबै खेल बराबरीमा

२९ माघ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा बाँसबारी क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा बाँसबारीले टुसालसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बाँसबारीले लिएको २–० को अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो ।

खेलको ११ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि अर्थात खेलको १४ औं मिनेटमा सुजन लिम्बुले गोल थपे ।

२४ औं मिनेटमा टुसालका युवराज ढकालले गोल गर्दै २–१ गोलको स्थितिमा ल्याए । पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको बाँसबारीले दोस्रो हाफमा आफ्नो अग्रतालाई जोगाइराख्न सकेन । खेलको अतिरिक्त समयमा मनिष सेढाईंले गोल गर्दै टुसाललाई २–२ गोलको बराबरीमा पुर्‍याएका थिए ।

त्यस्तै, आजै भएको अर्को खेलमा झम्सिखेल युथ क्लबले नयाँबस्ती युवा क्लबसँग गोलरहित बराबरी खेलेको छ ।

बी डिभिजनको विजेताले नगद आठ लाखसहित ट्रफी हात पार्ने छ । त्यस्तै, उपविजेता बन्ने टिमले पाँच लाख रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै, तेस्रो हुनेले तीन लाख र चौथो हुनले दुई लाख नगद प्राप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment