
२९ माघ, काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख मंगलबार साँझ भारततर्फ गएका छन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राअविका प्रमुख मुख्य अनुसन्धान निर्देशन गणेशप्रसाद अधिकारी फागुन १ र २ गते हुने आतंकवाद नियन्त्रण सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन भारत गएका हुन् ।
गोष्ठीमा विभिन्न देशका सुरक्षा अधिकारीहरुबीच आतंकवादको चुनौतीबारे छलफल हुने जनाइएको छ । त्यस क्रममा अन्तर्राष्ट्रिय स्तरमा सुरक्षासम्बन्धी सम्बन्ध विस्तार हुने र नेपालको आन्तरिक सुरक्षा संवेदनशीलताका विषयमा विश्लेषण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
दुई सुरक्षा निकायका प्रमुखलाई नेपाल प्रहरीका एआईजी धिरु बस्न्यातसहित अन्य सुरक्षा अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।
खनालको अनुपस्थितिमा कार्यवाहक आईजीपीको जिम्मेवारी हाल अपराध अनुसन्धान विभागका नेतृत्व गरिरहेका एआईजी पुष्कर कार्कीले सम्हाल्नेछन् ।
प्रतिक्रिया 4