Comments Add Comment

जनयुद्ध लड्नेहरुको अवस्था देख्दा दुख लाग्छ : प्रचण्ड

२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका योद्धाहरुले समाजमा स्थापित हुन अझै आफुलाई प्रमाणित गर्नुपर्ने देख्दा दुख लागेको बताएका छन् ।

नेकपा माओवादीको जनयुद्धका कमान्डरसमेत रहेका नेकपा युवा नेता सरल सहयात्रीको उपन्यास शिखरको ढुङ्गा नामक पुस्तकको बिमोचन गर्दै उनले जनयुद्धका योद्धा उत्कृष्ट व्यक्ति हुदाहुदै पनि समाजमा आफूलाई प्रमाणित गर्नुपरेको देख्दा दुख लागेको बताएका हुन् ।

तर पछिल्लो समय देशलाई युगान्तकारी परिवर्तनको लागि लडेका योद्धा विभिन्न क्षेत्रबाट राज्यको मूल प्रवाहीकरणमा बिस्तारै आएको आभास हुन थालेको पनि उनले बताए । यसले समाजले भने जस्तो जनयुद्धमा होमिएका कोही पनि अविवेकी थिएनन् भन्ने प्रमाणित गरेको भन्दै अध्यक्ष प्रचण्डले खुशी व्यक्त गरे ।

अहिलेको परिवर्तनका लागि जनयुद्धमा लागेका सबैको महत्वपूर्ण भूमिका रहेको उनले दावी गरे । प्रचण्डले शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासको माध्यमले समाजवादतर्फ जान सकिने उदाहरण पनि नेपालले दिएको नेकपा अध्यक्षको तर्क छ ।

लेखक सरल सहयात्री जीवनको विभिन्न काल खण्डलाई र आफू जनयुद्धमा हँुदा देखे भोगेका बिषयलाई उपन्यासको रुपमा पाठक माझ ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment