Comments Add Comment

 बैंकबाट निकाल्नेबित्तिकै रकम लुटिएको भूकम्पपीडितको गुनासो

१ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक भूकम्पपीडितले १ लाख आवास अनुदानबापतको रकम बैंकबाट निकाल्नेबित्तिकै लुटिएको गुनासो गरेका छन् । तर, प्रहरीले भने यसबारे उजुरी नपरेको बताएको छ ।

जुगल गाउँपालिका–१ का दानबहादुर श्रेष्ठले आवास अनुदानको १ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय, मेलम्चीबाट निकाल्नेबित्तिकै मंगलबार दिउँसो लुटिएको गुनासो गरेका हुन् ।

अन्तिम किस्ताबापतको १ लाख रुपैयाँ झिकेर बैंक बाहिर आउनासाथ जलवीरेका एक युवाले रकम लुटेको उनको भनाइ छ ।

लुटिएको पैसा फिर्ताका लागि पछ्याउँदै जाँदा साथमा रहेको थप रकम पनि लुटिएको श्रेष्ठले बताए ।

तर, यसबारे प्रहरीमा भने अहिलेसम्म उजुरी परेको छैन । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले पीडितको उजुरी आएपछि घटनाबारे अनुसन्धान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment