+
+
Shares

प्रचण्डसँगै बसेको तस्वीर राखेर बाबुरामले दिए जनयुद्ध दिवसको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १ गते ११:१८


१ फागुन, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् ।

दुई वर्षअघि तत्कालीन माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना दिएका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो तस्वीर पनि ट्वीट गरेका छन् ।

‘नेपाली समाजको लोकतान्त्रिकीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन १) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना’, बाबुरामले ट्वीट गरेका छन्, ‘संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दशवर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२/०६३ को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?