Comments Add Comment

‘कठपुतली’ भनेकी कंगनालाई आलियाको यस्तो जवाफ

बलिउड अभिनेत्री कंगना रनावत विभिन्न विवादमा मुछिरहेकी हुन्छिन् । ऋतिक रोशनसँगको द्वन्द्वदेखि ‘मर्णिकर्णिका’सम्मको विवाद उनको काँधमा छ । उनलाई बलिउडमा स्पष्ट बोल्ने नायिकाको रुपमा पनि लिइन्छ । केही दिन अगाडि एक मिडियमा दिएको अन्तर्वार्तामा कंगनाले अहिले रुचाइएकी नायिका आलिया भट्टलाई ‘करण जोहरको कठपुतली’ भएको बताएकी थिइन् ।

उनले बलिउडमा आलियाको स्टारडम निकै कमजोर भएको र उनलाई सफल नायिका भन्न नसक्ने बताएकी थिइन् । कंगनाले भनेकी छिन्–‘यदि पैसा कमाउन मात्र लागियो भने सफलताको केही मतलब हुदैन । उनले राम्रो चलचित्रलाई समर्थन गर्न पनि जरुरी छ । हैन भने उनको अस्तित्व कठपुतलीमा नै सिमित हुन्छ ।’

कंगनाको यो अभिव्यक्ती सुनेपछि आलिया चुप बस्न सकिनन् । उनले पनि मिडियामा आफ्नो कुराहरु राखेकी छिन् । आलियाले कंगनाले आफूलाई नराम्रो भन्नुपर्ने कारण केही नभएको बताएकी छिन् । उनले भनेकी छिन्–‘उहाँको मिडियामा खुलेर कुरा राख्ने बानीलाई म सम्मान गर्छु । तर, मलाई लाग्दैन कि उहाँले मलाई नराम्रो भन्नुभयो ।’ आलियाले आफूले कंगनाको मन दुखाएको भए माफी समेत मागेकी छिन् ।

कंगना आलियासँग रिसाउनुको कारण ‘मर्णिकर्णिका’को विवादमा आलियाले केही नबोल्दिनु हो । कंगनाले आलियाको ‘राजी’ रिलिजको समयमा निकै खुलेर प्रशंसा गरेकी थिइन् । तर, ‘मर्णिकर्णिका’को विवादमा आलिया चुप रहिन् ।
आलियाले आफूलाई यो विवाद समेत थाहा नभएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म सुटिङमा व्यस्त भएका कारण यो विवाद मलाई थाहा नै भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment