Comments Add Comment

प्रदेश २ मा के छ ? जसले चिनियाँ पर्यटक तान्न सक्छ

१ फागुन, वीरगञ्ज । प्रदेश २ को पर्यटन विषयमा खासै चर्चा हुन सकेको छैन । जति भएको छ, होटल तथा पर्यटन व्यवसायी संघ बाराको कामबाट भइरहेको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई यसकारण नेपालको प्रदेश २ मा जानुपर्छ, राम्रो सेवा पाइन्छ भन्न सकेको अवस्था भने छैनौं ।

यसबारे न प्रदेश २ सरकारसँग कुनै खाका छ न त केन्द्रीय सरकारले वास्ता गरेको छ । जति लगानी भइरहेको छ, प्रोत्साहनका कार्यक्रम छन्, त्योे व्यक्तिगत सम्बन्धका आधारमा भएको छ । यो आलेखमा पर्यटन प्रवद्र्धनका लागि प्रदेश २ मा तत्काल थाल्नुपर्ने कामबारे छोटो चर्चा गर्न खोजिएको छ ।

पहिलो काम– स्थल निर्धारण

प्रदेश २ मा धार्मिक, प्राकृतिक, ऐतिहासिक वा सेवाका आधारमा अन्य पर्यटन स्थलहरु तोक्नु अत्यावश्यक देखिन्छ । त्यसरी स्थलहरुको पहिचान गरेर कनेक्टीभीटीका लागि पूर्वाधार तयार गर्नुपर्छ । यो दुई कामपछि गर्नुपर्ने अर्को महत्वपूर्ण काम भनेको मार्केटिङ हो ।

देशका अन्य ठाउँहरुमा गइराखेका पर्यटकरु त्यता जाउन्, अझै धेरै जाउन् । प्रदेश २ ले नयाँ पर्यटकलाई नयाँ बजार सिर्जना गरेर आर्कषित गर्नुपर्छ । त्यसका लागि गुरु योजना चाहिन्छ । अल्पकालीन र दीर्धकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्छ । नत्र एउटा नेतृत्वले थालेको कामले अर्को नेतृत्व आएपछि निरन्तरता नपाउन सक्छ । यस्तो समस्या देखिने गरेको पनि छ ।

अहिले प्रदेश २ को पर्यटन चीनमा जति राम्ररी अरु ठाउँमा बिक्री हुँदैन । नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा चिनियाँहरुले खासै भिन्न संस्कृति पाउँदैनन् । तर, प्रदेश २ आउँदा उनीहरुले धेरै फरक पाउँछन् । मधेसका मानिस र बसोबास नै उनीहरुको चासोको विषय हुन सक्छ

प्रारम्भिक चरणमा रहेको प्रदेश २ को पर्यटन उद्योगलाई अगाडि बढाउन व्यवसायी, मिडिया, अन्य सरोकारवाला सबै मिलेर लाग्नुपर्ने खाँचो छ । प्रकृती अवलोकनका लागि कोशीटप्पुबाट सबै मिलेर शुरु गर्न सकिन्छ । त्यसपछि मध्यभागको जनकपुरको धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्धन गनुस्पर्छ ।

जनकपुर रामजानकी मन्दिर मात्र होईन, मैथिल कला र संस्कृतिको पनि केन्द्र हो । मिथिलाको कला विश्व चर्चित छ । बरु हामी यही बस्नेलाई कम जानकारी होला, अमेरिका, बेलायतका अनुसन्धानकर्ताहरुलाई मिथिला कलाबारे धेरै थाहा छ ।

प्रदेश २ को बागमती नदी पनि पर्यटनको हिसाबले एकदमै धेरै सम्भावना भएको ठाउँ हो । त्यहाँ सबै प्रकारका ‘वाटर स्पोर्टस’ र ‘विच रिल्याक्स’ गर्न सकिन्छ । त्यहाँ गल्फ खेलको पनि उत्तिकै सम्भावना छ ।

प्रदेश २ मा प्राकृति पर्यटनका लागि पर्सा राष्ट्रिय निकुञ्ज, ऐतिहासिक सिम्रौनगढ, धार्मिक केन्द्र गढीमाई लगायतका स्थलहरु छन् । यस खाले पर्यटनमा पश्चिमका ठोरीदेखि दुग्धेश्वर महादेवसम्मलाई जोड्न सकिन्छ ।

उद्योग र विवाह पर्यटन

बारा–पर्सा औद्योगिक करिडोर आफैंमा पर्यटक ‘हव’ हो । बालबालिकाले चप्पल, तेल, मैदा, छड, चाउचाउ देखेका हुन्छन् तर कारखाना देखेको हुन्नन् । सन् १९८६ मा जर्मनी जाँदा मैले पर्यटकलाई उद्योगहरु हेर्न लगेको देखेको थिए । त्यहाँ फलामको पाताबाट कार निस्कनेसम्मको प्रक्रिया देखाउँदा रहेछन् । हामीले पनि बालबालीका र विद्यार्थीहरुलाई उद्योग घुमाउन सकिन्छ । उद्योगहरुलाई पर्यटन प्रवद्र्धनमा उपयोग गर्नु आफैंमा राम्रो कुरा हुनेछ ।

प्रदेश २ का सीमा सहरहरु पनि आफैंमा पर्यटन केन्द्रहरु हुन् । बिहार राज्य सरकारले मदिराजन्य पेय नियन्त्रणमा कडाइ गरेको पछिल्लो समयमा ‘इन्टरनेशनल म्यारिज’ गराउने चलन बढेको छ । उता पाहुनालाई मदिरा सेवन गराउन नपाईने भएपछि यता आएर ‘इन्टरनेशनल म्यारिज’ गर्न÷गराउन थालेका छन् । ‘नेपाल मे जा कर सादी कराया, ऐसा सादी हुवा कि धुमधाम हुवा’ भन्नेहरु देखिन थालेका छन् ।

यो त अस्थायी प्रकृतिको रमाइलो उदाहरण हो । तर, प्रदेश २ का सीमा सहरहरुमा भारतीय पाहुना बढाउने अरु अनेक सम्भावना पहिचान गरेर नीति कार्यान्वयन गर्न सकिन्छ ।

अहिले प्रदेश २ को पर्यटन चीनमा जति राम्ररी अरु ठाउँमा बिक्री हुँदैन । नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा चिनियाँहरुले खासै भिन्न संस्कृति पाउँदैनन् । तर, प्रदेश २ आउँदा उनीहरुले धेरै फरक पाउँछन् । मधेसका मानिस र बसोबास नै उनीहरुको चासोको विषय हुन सक्छ ।

काठमाण्डु, नारायणघाट, पोखरालगायतका आन्तरिक पर्यटकलाई राम्रो सर्भिस दिएर आकर्षित गर्न सकिन्छ । त्यसबाहेक दक्षिणका १२ करोड आवादी पनि सिधै नेपालको प्रदेश २ सँग जोडिएको छ । त्यताका विद्यार्थीलाई आकर्षक प्याकेजका साथ यता तान्न सकिन्छ ।

निजगढ विमानस्थल र फाष्ट ट्रयाकले प्रदेश २ को पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुर्‍याउनेवाला छ । फाष्ट ट्रयाक बन्नेवित्तिकै लाखौं मानिस घण्टाको हिसाबले यो प्रदेशसँग जोडिन आउँछन् । त्यसले हामीलाई सेवा र उत्पादन दुवै बेच्न सक्ने बनाउने छ ।

( करातेका पूर्वखेलाडी एवं कलाकार लामा अहिले होटल तथा पर्यटन व्यवसायमा छन् ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment