Comments Add Comment

राइस मिल सञ्चालकलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

१ फागुन, वीरगञ्ज । बारा प्रहरीले ट्याक्टरमा आगजनी गरी फोनमार्फत ज्यान मार्ने धम्की दिएर रकम मागेको अरोपमा एकजनालाई पक्राउ गरेको छ । जितपुर सिमरा उपहानगरपालिका-१७ बस्ने १८ वर्षीय सिद्धार्थ चौधरीलाई पक्राउ गरेको हो ।

माघ २३ गते राती बारा कलैया उप-महानगरपालिका-२२ मटिअरिया बस्ने कृष्ण भगवान सिंहको ना१त ५०७९ नम्बरको ट्याक्टरमा अपरिचित ब्यक्तिले आगजनी गरेका थिए ।

ट्याक्टर बाराको जितपुर सिमरा उप-महानगरपालिका-१७ जैतापुरका वीरेन्द्रप्रसाद साहको राइस मिल अगाडि पार्किङ गरी राखिएको अवस्थामा आगजनी भएको थियो ।

त्यसको भोलिपल्ट माघ २४ गते राति वीरेन्द्र साहको मोबाइलमा सिद्धार्थले फोन गरी ट्याक्टरमा आगो लगाएको मैले हो मलाई तीस लाख रुपैयाँ चौबिस घण्टाभित्र दिनु नत्र तिमिलाई मारिदिन्छु भनि धम्की दिएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा आगो लगाइ फोन धम्की दिएको भनी खुल्न आएकोले माघ २८ गते सिद्धान्त चौधरीलाई फोनमा धम्की दिन प्रयोग गरेको सिमसहितको मोबाइल सेटसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए । ‘अहिलेसम्म विगतमा कुनै त्यस्तो अपराधिक क्रियाकलपामा संलग्न भएको त पाएका छैनौं, पैसा आवश्यक थियो । अनि फोनमा धम्की दिएको भनेको छ,’ डीएसपी राठौरले भने, ‘अन्त कतै शंकास्पद समूहसँग कनेक्सन छ कि भनेर अनुसन्धान गरिरहेका छौं ।’

बारा जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी उनको बारेमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment