Comments Add Comment

महोत्तरीका सबै क्रसर उद्योग बन्द गर्ने निर्णय

१ फागुन, महोत्तरी । जिल्ला समन्वय समितिले जिल्लाका सबै क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ ।

समितिको बुधबार बसेको बैठकले स्थलगत अनुगमनमा नदीजन्य पदार्थ अवैध दोहन र उत्खनन भएको निश्कर्ष निकाल्दै सबै क्रसर उद्योगहरु बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रवक्ता सुदीपकुमार झाले जानकारी दिए ।

यसअघि जिल्ला अनुगमन समितिले नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त, राजश्व असुली र क्रसर उद्योगहरुको दर्ता नवीकरणलगायतका विवरण स्थानीय तहहरुसँग माग गरेको थियो । तर कुनै पनि स्थानीय तहले विवरण नदिएको प्रवक्ता झाले बताए ।

महोत्तरीमा हाल ५० वटा भन्दा बढी क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेको पाइएको छ । तर समन्वय समितिको तथ्यांकअनुसार जिल्लामा ६ वटामात्रै क्रसर उद्योग सञ्चालनमा छन् ।

चुरे क्षेत्रमा क्रसर उद्योगलाई कडाइ गरेपछी क्रसर उद्योगहरु तराई मधेशको तल्लो भेगमा सरेका छन् । महोत्तरीको बर्दिवास नगरपालिकाको ७ स्थित किसाननगर र ९ मा रहेको रातु खोला र नदी उकास क्षेत्रबाट एक्साभेटर लोडर प्रयोग गरेर सबैभन्दा बढी अबैध रुपमा नदीजन्य सामग्री उत्खनन भएको छ ।

रातु खोला क्षेत्रबाट अबैध उत्खन्न नभएको भन्दै आएको नगरपालिकाले भने नदी उकास क्षेत्रबाट भइरहेको अबैध उत्खन्न प्रति मौन बसेको छ । गत असोज २८ गते बर्दिवास नगरपालिकाले १८ वटा क्रसर उद्योगलाई गैरकानुनी उत्खनन बन्द गर्न पत्र पठाए पनि क्रसरको अबैध उत्खन्न रोकिएको छैन ।

पूर्व–पश्चिम राजमार्गको रातु पुलभन्दा एक किलोमिटर दक्षिणमा पुरानो रातु खोला र नदीको उकास क्षेत्रमा निर्वाध रुपमा २० फिट गहिरो खाल्डो बनाई उत्खनन भइरहेको छ । रातु खोलाको अवैज्ञानिक उत्खननले भूमिगत स्रोतहरु सुकेकाले खानेपानीको समस्या सिर्जना भएको छ ।

रातु खोला र नदिउकास क्षेत्रबाट भइरहेको अबैध उत्खननको जिल्ला समन्वय समितिका सभापति, जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमख, बर्दिवास नगरपालिकाको प्रमुख सहितको टोलीले संयुक्त रुपमा अनुगमन गरेको थियो ।

हेर्नुस् जिल्ला समन्वय समितिको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment