Comments Add Comment

विभेदकारी शिक्षा नीति खारेज हुन्छ : मन्त्री चौधरी

२ फागुन, गुल्मी । प्रदेश ५ का भौतिक योजना तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले विभेदकारी शिक्षा नीति खारेज हुने बताएका छन् ।

मुसिकोट नगरपालिका–१ को जनज्योति माविको हिरक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा बोल्दै उनले समान शिक्षाका लागि लागि आवश्यक नीति तर्जुमा भइरहेको बताए ।

उनले विभेदकारी शिक्षा नीति खारेपपछि कोही पनि शिक्षाबाट वञ्चित नहुने बताए ।

सरकार निर्माणको पहिलो वर्ष कानुन निर्माणमै बितेको उल्लेख गर्दै उनले चालू आर्थिक वर्षको अन्त्यसम्ममा १ सय १६ कानुन तथा ४० नयाँ विधेयक निर्माण गरिने जानकारी दिए ।
पर्यटन क्षेत्रको सदुपयोग गरेर प्रदेश ५ लाई देशकै पहिलो विकसित प्रदेशको रुपमा विकास गर्ने योजना पनि उनले सुनाए ।

विद्यालयको विकासका लागि आयोजना गरिएको महायज्ञमा बालयोगेश्वर महाराजले कथा वाचन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment