
२ फागुन, काठमाडौं । राष्ट्रियसभा नियमावली संशोधन गर्न गठित मस्यौदा समितिको म्याद १५ दिन थपिएको छ ।
समितिका सभापति परशुराममेघी गुरुङले बिहिबार पेश गरेको म्याद थपसम्बन्धी प्रस्ताव बैठकले पारित गरेपछि समितिको म्याद थप भएको हो ।
गत १३ पुसमा बसेको राष्ट्रियसभा बैठकद्वारा गठित समितिमा सभापति गुरुङ, जितेन्द्रनारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा पार्वती, रामनारायण विडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर सदस्य छन् ।
पन्ध्र दिनभित्र संशोधनको मस्यौदा बुझाउने म्याद पाए पनि अहिलेसम्म समितिको जम्मा चार वटा बैठक बसेको छ ।
राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपरान्ह चार बजेका लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4