Comments Add Comment

तपाईंको टि्वटमा लाइक्स र रिटि्वट घटिरहेका त छैनन् ? कारण यस्तो छ

काठमाडौं । माइक्रो ब्लगिङ साइट टि्वटरमा प्रयोगकर्ताहरुले टि्वटमा प्राप्त हुने लाइक्स तथा रिटि्वटको संख्या अस्वभाविक रुपमा घटबढ हुने गरेको गुनासो गरेका छन् ।

खासगरी रिटि्वट र लाइक्स लगातार डिलिट हुने गरेको र रिटि्वट्सको संख्यामा भारी उतारचढाव हुने गरेको प्रयोगकर्ताको गुनासो छ । यसैबीचमा टि्वटरले चाहीँ उक्त गुनासोको सुनुवाई गर्दै प्रयोगकर्ताका टि्वटहरुमा लाइक्स र रिटि्वटको संख्या घटबढ गराइरहेको भाइरसको समाधानका लागि काम भैरहेको जनाएको छ ।

टि्वटर सपोर्टले एक टि्वटमा भनेको छ, ‘विश्वभरका केही प्रयोगकर्ताले नोटिफिकेसन्स, लाइक्सतथा रिटि्वटका सम्बन्धमा विभिन्न खाले समस्या भोगिरहेका छन् । हामी यसको समाधान गर्नका लागि काम गरिरहेका छौँ र त्यसको जानकारी छिटै दिनेछौँ । असुविधाका लागि क्षमाप्रार्थी छौँ ।’

यद्यपि टि्वटरले बगको कारण खुलाएको छैन र बगको समस्या कहिले समाधान हुने भन्ने मिति पनि तोकेको छैन । टेक क्रन्च वेबसाइटको रिपोर्ट अनुसार बगकै कारण धेरै टि्वटर अकाउन्ट सस्पेन्ड भैरहेको र कतिपयका टि्वट पनि डिलिट भैरहेको घटनाको भेउ प्रयोगकर्ताले पाउन सकिरहेका छैनन् ।

टि्वटरका मासिक सक्रिय प्रयोगकर्ता २३ करोड ६० लाख रहेकोमा यस बगबाट कति प्रभावित छन् भन्ने एकिन तथ्यांक चाहीँ आएको छैन ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment