Comments Add Comment

रामेछापमा ज्येष्ठ दम्पतीले बनाए ३२ लाख खर्चेर मन्दिर

२ फागुन, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वरका एक ज्येष्ठ दम्पतीले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् ।

विगठित संविधानसभा सदस्य दालकुमारी सुनुवार र उनका पति मानबहादुर सुनुवारले व्यक्तिगत लगानीमा मन्दिर निर्माण गरेको बिहीबार जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

मन्दिरमा शिव, गणेश सूर्य, कृष्ण र वुद्धको मूर्ति राखिने उनीहरुले बताए । सो स्थानलाई हिन्दु र बौद्ध धर्मालम्बिहरुको संगमस्थल बनाउने उद्देश्यले ती मूर्तिहरु स्थापना गर्न लागिएको विगठित संविधानसभा सदस्य सुनुवारले बताइन् ।

धर्म र नैतिकताको पाठ नयाँ पुस्तालाई सिकाउन मन्दिर निर्माण गरिएको उनले जानकारी दिइन् ।

आफ्नै डेढ रोपनी जग्गामा निर्माण गरिएको सो मन्दिर निर्माणको लागि ३० लाख रुपैयाँ खर्च भएको पनि उनले बताइन् । त्यसैगरी मन्दिरमा स्थापनाको लागि दुई लाख रुपैयाँमा मूर्ति निर्माण गरिएको उनले जानकारी दिइन् ।

मन्दिरमा खानेपानी, सत्तल तथा पुजारी घरको पनि निर्माण गर्ने योजना बनाएको पूर्व लेफ्टिनेन्ट समेत रहेका मानवहादुर सुनुवारले बताए ।

उनले आफूहरुले गुरु योजना बनाएर काम गरिरहेको पनि जानकारी दिए । सबै काम सक्दा करिब एक करोड रुपैयाँ खर्च लाग्ने बताउँदै उनले सकेसम्म सबै काम आप\mनै खर्चले गर्ने योजना रहेको जानकारी दिए ।

सुवार दम्पती विभिन्न सामाजिक काममा क्रियाशील छन् । उनीहरुले पञ्चालतकालमा साविकको गुप्तेश्वर गाउँपञ्चायत भवन निर्माणको लागि ८ आन जग्गादान गरेका थिए ।

यसैगरी सोही स्थानको स्वास्थ्य चौकी निर्माणको लागि ४ रोपनि २ आन जग्गा दिएका छन् । स्थानीय कैलेश्व मावि भवन निर्माणको लागि ६ रोपनि २ आना जग्गा पनि उनीहरुले नै निःशुल्क दिएका छन् ।

अहिले वडा कार्यालयको भवन निर्माणको लागि २ रोपनि जग्गा दान गरेका छन् । यसैरी काठमाडौँमा रहेको जनजाति संग्रहायलको लागि उनीहरुले १९ लाख रुपैयाँ बराबरको ऐतिहासिक सामग्रीहरु प्रदान गरेका छन् ।

सुनुवारका पति मानबहादुर ८५ वर्ष पुगेका छन् भने उनी ७८ वर्ष पुगिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment