Comments Add Comment

डीपीएल क्रिकेटमा विराटनगर र महेन्द्रनगरबीचको खेल वर्षाको कारण रद्द

२ फागुन, काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षाको कारण रद्द भएको छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर र महेन्द्रनगरबीचको खेल चलिरहँदा पानी पर्न थालेपछि खेल रद्द भएको हो । खेल रद्द भएपछि दुबै टिमले १-१ अंक बाँडेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाउँदा पानी पर्न थालेको थियो । निकै नाजुक अवस्थामा पानी परेपछि विराटनगरलाई भने केही राहात मिलेको छ ।

लिगको शीर्ष स्थानमा भने सीवाईसी अत्तरिया रहेको छ । अत्तरियाले दुबै खेलमा जित हात पार्दै चार अंक बटुलेको छ । त्इस्तै, लिगको दोस्रो स्थानमा भने काठमाडौं गोल्डेन्स रहेको । उसले दुई खेलबाट चार अंक नै बटुलेको छ ।

लिगको तेस्रो स्थानमा भने रुपन्देही च्यालेन्जर्स रहेको छ । च्यालेन्जर्सको तीन खेलबाट दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै चार अंक छ । विराटनगर किंग्स लिगको चौथो स्थानमा रहँदा पाँचौ स्थानमा मेहन्द्रनगर र तीन खेलमा तीनै खेल हार ब्यहोरेको धनगढी स्टार्स लिगको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment