Comments Add Comment

एम्बापेको इच्छा – च्याम्पियन्स लिगमा लियोनले बार्सिलोना हराओस्

३ फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा गएको बुधबारदेखि अन्तिम १६ का खेलहरु भइरहेका छन् । जसमा अहिलेसम्म पहिलो लेगका चार खेल सकिएका छन् ।

गत बुधबार अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडलाई २–० ले हराएको पीएसजी च्याम्पियन्स लिगतर्फ एक कदम बढेको छ । यसैले पीएसजीका स्ट्राइकर केलियन एमबाप्पे क्वार्टरफाइनलमा लिग वानकै क्लब लियोन पुगोस् भन्ने आशमा छन् ।

लियोन र बार्सिलोनाबीच अन्तिम १६ को पहिलो लेग आउँदो बुधबार हुँदै छ । जसमा आफूहरुको समर्थन लियोनलाई हुने र बार्सिलोनालाई हराओस् भन्ने आश राखेको एम्बापेले बताएका छन् ।

‘युरोपियन कपमा फ्रेन्च फुटबल जतिसम्म हुन्छ उतिसम्म अघि जाओस् भन्ने आश राखेको छु’ उनले भनेका छन् । उनले आफूहरु अब डराएर खेल्न नहुनेसमेत बताएका छन् ।

‘हामी अब डराउनु हुँदैन । हाम्रो टिम राम्रो छ भनेपछि नडराइ अघि बढ्नु पर्छ’ उनले भनेका छन्, ‘हामी अब उपाधिको आधा बाटोमा छौँ । त्यसैले अगाडिका खेलका लागि पनि राम्ररी मेहनत गर्ने छौं ।’

म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउँदा पीएसजीका लागि दोस्रो गोल उनै एम्बापेले गरेका थिए ।

यसअघिका अरु खेलमा रोमाले पोर्टोलाई २–१ ले, टोटनह्यामले ब्रोरुसिया डर्टमुण्डलाई ३–० ले र रियल मडिङडले एजाक्सलाई २–१ ले हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment