Comments Add Comment

निराशामै बित्यो प्रदेश सरकारको वर्ष दिन

वार्षिक प्रगतिबारे केन्द्र र प्रदेशको मत बाझियो

३ फागुन, काठमाडौं । नेकपा नेतृत्वको दुई तिहाई रहेको केन्द्र सरकारले पहिलो वार्षिकोत्सव मनाइरहँदा नेकपाकै बाहुल्य रहेका प्रदेश सरकारहरुले पनि आ-आफ्नै पाराले वार्षिकोत्सव  मनाएका छन् ।

प्रदेश पाँचले केही तडकभड र झाँकीहरु देखाए पनि अन्य प्रदेश सरकारले भने वर्षदिन पुगेको उपलक्षमा खासै उत्सव मनाएनन् ।

प्रदेश नम्बर ५ ले स्थापनाको वर्ष दिन भन्दै शुक्रबार प्रदेशभरि सार्वजनिक विदा नै दियो । उसले विभिन्न सांस्कृतिक झाँकीहरुसहित औपचारिक कार्यक्रमसमेत आयोजना गर्‍यो । तर, अरु प्रदेशले सार्वजनिक बिदा दिने लगायतका कुनै कार्यक्रम गरेनन् ।

प्रदेश १ मा मुख्यमन्त्रीले विहीबार पत्रकार सम्मेलन गरेर सरकारको प्रगति विवरण सार्वजनिक गरे । पत्रकारहरुले प्रश्न सोध्न नपाई मुख्यमन्त्रीले पत्रकार सम्मेलन सकिएको घोषणा गरे ।

प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले शुक्रबार मधेस भवनमा कार्यक्रम आयोजना गरेर वर्षदिनको प्रगति र समस्याहरुको विवरण सुनाए ।

काठमाडौंसँग जोडिएको प्रदेश तीनका मुख्यमन्त्री केन्द्र सरकारकै कार्यक्रमहरुमा बोलिरहेका हुनाले प्रदेशमा छुट्टै कार्यक्रम आयोजना भएन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय सरकारले रमिता देखाइरहेको भन्दै अनलाइनखबरमार्फत् असन्तुष्टि प्रकट गरे ।

कर्णाली प्रदेशले पनि शुक्रबार आफ्नो वाषिर्क प्रगति विवरण सार्वजनिक गर्‍यो ।

नेपालले संघीयताको अभ्यास पहिलोचोटि गरेको हो । र, यो अभ्यास एक वर्ष पूरा भएको छ । यसविषयमा केन्द्र सरकार र प्रदेश सरकारको मत बाझिएको पाइएको छ ।

केन्द्र सरकारका तर्फबाट प्रधानमन्त्रीले आफ्नो वार्षिक प्रगति विवरणमा संघीयता कार्यान्यनबारे महत्वपूर्ण कामहरु गरेको, कानून बनाएको, कर्मचारी समायोजन गरेको लगायतका विषयलाई समेटे पनि प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारमाथि असन्तुष्टि प्रकट गरेका छन् ।

संघीय सरकारबाट असहयोग र विलम्ब भएकै कारण प्रदेशमा सोचेजति काम गर्न नसकेको मुख्यमन्त्रीहरुको साझा गुनासो सुनिएको छ ।

आखिर यो एक वर्षको वीचमा प्रदेश सरकारहरुले राम्रोसँग काम गर्न सके या सकेनन् ? काम गर्न नसकेको हो भने प्रदेश सरकारकै कमजोरी हो या यसमा संघीय सरकारको कमजोरी रह्यो ? अथवा यो नयाँ अभ्यास भएकाले कमजोरी रहन गएको हो ? अनि आगामी दिनमा खलिनुपर्ने भूमिका के कस्तो देखिन्छ ? यी प्रश्नहरुमाथि आगामी दिनमा राष्ट्रिय बहस हुनुपर्ने देखिएको छ ।

यो पनि पढ्नुस् 

कर्णाली सरकारको एक वर्ष : नियमित हवाई उडान मुख्य उपलब्धी 

अपेक्षाअनुसार काम गर्न सकिएन : मुख्यमन्त्री गुरुङ 

चाहेजसरी काम गर्न सकेनौं- मुख्यमन्त्री शेरधन राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment