Comments Add Comment

आकर्षक एवं जवान देख्नका लागि दर्दनाक थेरापी गराए यी अभिनेत्रीले

सुन्दरता र जवानी सधै रहँदैन । यद्यपी हामी यसको आयु लम्बाउने यत्नमा रहन्छौं । अनुहार वा छाला, कपालको स्यहार-सुसार गरेर हुन्छ कि, शारीरिक योग-व्यायाम गरेर, जवानी र सुन्दरतालाई कायम राख्न चाहन्छौं ।

त्यसो त यसका लागि अनेक-अनेक अभ्यास हुने गरेको छ । कस्मेटिक थेरापीदेखि प्लाष्टिक सर्जरीसम्म । यस्ता विधी खर्चालु आवश्य हुन्छ, उत्तिकै जोखिमपूर्ण पनि । त्यही कारण अक्सर सेलिब्रेटीहरु नै यस किसिमको विधी अपनाएर सौन्दर्यलाई कायम राख्न चाहन्छन् । यस्तोमा बलिउडदेखि हलिउड सेलिब्रेटीहरु कम छै्रनन् ।

त्यसो त उनीहरु निकै दर्दनाक थेरापी गर्न पनि पछि पर्दैनन् । यहाँ त्यस्तै सेलिब्रेटीको कथा छ ।

उर्वशी रौतेल-कपिंग थेरापी

बलिउड अभिनेत्री उर्वशी रौतेलले आफ्नो सौन्दर्य कायम राख्नका लागि चाइनीज रिलेक्सेशन कपिंग थेरापी गराएकी हुन् । यो एक एक्युपंचर थेरापी हो । यसमा एक्युपन्चर विशेषज्ञले कटनको गोललाई मदिरामा भिजाएर काँचको स-सना कपमा राख्छन् । त्यसभित्र आगो लगाइन्छ । त्यसपछि आगो मारेर त्यो तातो काँचको कपलाई छालामा राखिन्छ । यसबाट स्किन टिश्युलाई अक्सिजन मिल्छ, जसले छालाको चमक कायम राख्छ ।

दिशा पटानी

दिशा पटानी अर्थात अभिनेता टाइगर श्राफकी गर्लप|mेन्ड । उनी पनि बलिउडकी हट अभिनेत्रीमा गनिन्छन् । यद्यपी आफ्नो चमकलाई थप बढाउनका लागि उनले कपिंग थेरापीको साहारा लिएकी थिइन् । खासगरी केही समयअघि दिशाको ढाँडमा गोलाकार निशान देखियो, यस्तो निशान कपिंग थेरापी गरेपछि देखिन्छ ।

किम कार्दशियन-भेम्पायर फेशियल

हलिउड अभिनेत्री किम कार्दशियनको व्यक्तित्वका साथसाथै ग्लोइङ स्त्रिmनको पनि करोडौं फ्यान छन् । यद्यपी उनलाई पनि आफ्नो सौन्दर्य कायम राख्नुपर्ने ठूलो चुनौती छ । यही चुनौतीको कारण उनी जस्तोसुकै पीडा खेप्न तयार छिन् ।

किमले आफ्नो सौन्दर्य कायम राख्नका लागि ‘प्लेटलेट रिच प्लाज्मा थेरापी’ गराएकी थिइन्, जसलाई भेम्पायर फेशियल पनि भनिन्छ । यस थेरापी गराउँदा शरीरबाट रगत निकालेर त्यसमा प्लेटलेट्स, सीरम र हेमोग्लोबिन अलग गरिन्छ । यसपछि त्यसलाई फेरी स्किनमा इन्जेक्ट गरिन्छ । किम स्वयमले खुलाएकी छिन् कि, उनी आफ्ना लागि एक विशेष क्रिम प्रयोग गर्छिन्, जसको लागि उनको शरीरबाट रगत निकालिएको थियो ।

जेनिफर लोपेज-ह्युमन प्लेसेन्टा फेशियल

हलिउडका चर्चित गायिका जेनिफर लोपेजले पनि ग्लोइङ स्किन पाउनका लागि दर्दनाक ‘ह्युमन प्लेसेन्टा फेशियल’को सहारा लिएकी थिइन् । यस थेरापीमा गर्भवती महिलाको गर्भनालको प्रयोग गरेर फेस माक्स बनाइन्छ । खासगरी यस थेरापीमा एकदम जलनको सामना गर्नुपर्छ, त्यही कारण यो निकै दर्दनाक मानिन्छ । भनिहालौं, प्लेसेन्टामा पोषक तत्व हुन्छ, जसले स्किनलाई ग्लोइङ बनाइराख्न सहयोग गर्छ ।

भिक्टोरिया बेकह्याम-बर्ड पू फेशियल

बेलायती फुटबलर डेविड बेकह्यामकी पत्नी फेशन डिजाइनर भिक्टोरिया बेकह्याम फेशिलय वर्ड पू -अर्थात चराको मलबाट गराउँछिन् । यो थेरोपी आफैलाई जवान र सुन्दर राख्नका लागि गरिन्छ । यसमा चराको मल अनुहारमा लगाइन्छ । यसले छालामा चमक बनाउनका साथै जवान राख्न मद्दत गर्छ ।

डेमी मूर-जोंक थेरापी

जोंकको नाम सुन्नसाथ हामीलाई डर लाग्छ । तपाईंलाई उदेगलाग्नसक्छ कि, अभिनेत्री डेमी मूरको आकर्षक अनुहारको राज नै जोंक हो । यस थेरापीमा जोंकलाई अनुहारमा रखाएर त्यसलाई रगत चुसाइन्छ, यसले विषाक्त टक्सिन चुस्छ र अनुहारमा चमक ल्याउँछ ।

कैटी पेरी- बाइट मसाज

कैटी पेरी र कान्य वेस्ट जस्ता सेलिब्रेटीले सुन्दरता बढाउनका लागि बाइट मसाजको सहारा लिने गरेका छन् । यस थेरापिमा पीठ पछाडि दाँतले टोकिन्छ । उनीहरुका अनुसार यो एक डीप टिश्युज मसाज हो, जसले ब्लड सर्कुलेशन बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment