१९ फागुन, काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको स्थिति सिर्जना भएको छ ।
मृतकका आफन्तले उपचारमा राम्रो ध्यान नदिँदा घाइतेको मृत्यु भएको आरोप लगाएका छन् ।
मृतक ४० वर्षका तारा लामिछाने हुन् । उनका भिनाजु दिपकप्रसाद भट्टले इमर्जेन्सी कक्षमा उपचारमा ढिलासुस्ती गर्दा लामिछानेको मृत्यु भएको दाबी गरे । ‘अस्पतालमा ल्याउँदा बोलिरहेको थियो, तर उपचारमा ढिलासुस्ती गर्दा ज्यान गयो,’ भट्टले भने ।
विवाद समाधानका लागि अस्पताल प्रशासन र पीडित पक्षबीच अहिले छलफल भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4