
६ फागुन, काठमाडौं । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाबाट एक जना युवक चार दिनदेखि बेपत्ता छन् । सुस्त मनः स्थिति भएका १९ वर्षीय शंकर तामाङ सुरुङ्गा बजारबाट बेपत्ता भएका हुन् ।
तामाङका मामा अजित राईले दिएको जानकारी अनुसार उनी २ फागुनदेखि हराइरहेका छन् । ‘अहिलेसम्म नभेटिएपछि हामीले इलाका प्रहरी कार्यालय, सुरुङ्गामा पनि खबर गरेका छौं’, राईले भने, ‘खैरो सुरुवाल र रातो ज्याकेट लगाएका कालो रातो वर्णका उनलाई देख्नु हुनेले खबर गरिदिनु होला ।’
प्रहरीले पनि तामाङको खोजतलासका लागि उनको हुलिया र तस्वीरसहित सम्पूर्ण प्रहरी कार्यालयहरुमा पठाइसकेको जनाएको छ । बालकलाई देख्नु हुनु व्यक्तिले नजिकैको प्रहरी कार्यालय वा ९८०३४१४६६१ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4