Comments Add Comment

कार्यदलका सदस्यहरुसँगै छलफल गर्ने नेकपा सचिवालयको निर्णय

Photo Credit : बालुवाटारमा छलफल गर्दै नेकपा नेता । तस्वीर सौजन्यः प्रधानमन्त्रीको सचिवालय

६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने भएको छ ।

सचिवालयको सोमबार बिहान बसेको बैठकमा संयोजक रामबहादुर थापा बादलले प्रतिवेदन पेश गरेका थिए, जसमा थप कामका लागि निर्देशन माग गरिएको छ । तर, कार्यदलले लामो समय लिँदा पनि विधान बाहेकका विषयमा सहमति जुटाउन नसकेकाले नेताहरु कार्यदलप्रति विश्वस्त छैनन् ।

बैठकले कार्यदलको मुल स्परिटबारे कार्यदल सदस्यहरुसँग कुरा गर्ने निर्णय गरेको छ । ‘उहाँहरुले आफैं विघटन गर्न कसरी सिफारिस गर्नु भनेर म्याद थप गर्न खोजेको हो वा साँच्चै काम गर्न खोजेको हो भनेर कार्यदल सदस्यहरुसँग छलफल गर्न खोजेका हौं’ एक सचिवालय सदस्यले भने ।

९ गतेको बैठकमा कार्यदल सदस्यहरुलाई बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment